-डा. युवराज संग्रौला ।
एउटा हवाई जहाज दिशाहीन भयो भने कुहिरोभित्र हराउँछ । कताकता नेपाल त्यस्तै भएको त होइन ?
१. अर्थतन्त्र डामाडोलको अवस्थामा छ । उत्पादनमा कतै लगानी छैन । ३२% मानिससँग एक आठो जमिन छैन । १०% धनी जनसंख्याका मानिससँ ५८.५% एकत्रित भएको छ । विदेशबाट आएको बिप्रेषणको ८६% खपतमा खर्च हुन्छ । कति आम्दानी पुँजीकरण गर्ने योजना छैन । आयात झन्झन् बढ्दै छ । हाम्रो आजको अवस्था १ डलर आम्दानी गरेर ७ डलर खर्च गर्ने भएको छ। त्यसैले भनेको हो अर्थतन्त्र डामाडोल बनेको छ ।
२. कर्मचारीहरुमा नकारात्मक मनोबिज्ञान व्यापक छ । जागीर छोड्ने र विदेश जाने प्रवृत्ति व्यापक हुँदैछ । के को हो डर थाहा छैन । तर कोही बोल्दैन । अव्यक्त आतंकको निर्माण भएको छ । सत्ताधारी दलका सदस्य पनि चिन्तित देखिन्छन् । संसदमा उनीहरु पनि बोलिरहेकै छन् । तपाईँहरुको योजना चैं के हो अर्थतन्त्रलाई उकास्ने ?
३. सामाजिक संजाल अस्लिलताको बिष बृक्ष बनेको छ । जे बोले जे लेखे हुन्छ। हाम्रो मूल्यमान्यता र देशभक्तिको भाव नै मरेको हो ? विदेशी विज्ञहरु उत्तर र दक्षिण दुवैतिर नेपाल कता जाँदैछ भनेर चकित परेका छन् । कता जाँदैछ नेपाल ?
४. उत्पादनमा आधारित अर्थतन्त्रको निर्माण हाम्रो एउटामात्र उपाय हो । त्यतातिर राज्यको ध्यान छैन । बिना समृद्धि ‘भ्रस्टाचार रोकिनेवला छैन । मानिस थुनेरमात्र समाज अगाडि बढ्दैन।’ गाउँगाउँमा मानिस विस्थापित भैरहेका छन् । प्रशासनमा केही काम हुँदैन । औपचारिकतावादको कुहिरो जताततै छ । हरेक मानिस असन्तुष्ट छ, कलिे पार्यो यो अवस्था ? पुराना पार्टीले, जवाफ रेडिमेड छ। अनि नयाँ किन बुझ्दैन यो कुरा ? यसको उत्तर छैन । सबै दुलामा बसेका छन् बोल्दैनन् ।
देशमा अनेक बहानामा अर्को तमासाको अवस्था सिर्जना त हुने होइन ? राष्ट्रको अनुभवलाई जम्मा गरेर बाटो पक्डिनुहोस् नयाँ मित्रहरू ! हिजो यस्ता कुरा गर्दा कांग्रेस र कम्युनिष्टको चाकरी गरेर पद खोज्ने रिसाउँथे । आज विद्वान भनिनेहरुको अर्को जत्था तयार भएको छ। आज उसलाई पदै चाहिएको छ। अनि देश चैँ कुहिरोमा हराएको जहाज । चरा भए त उत्रिन्थ्यो होला । जहाजको तेल सकिन्छ। कति छ तेल (अर्थतन्त्र) ताकि नखसोस् जहाज । देश नभएपछि तपाईँको अस्तित्व पनि सकिन्छ । उत्पादनका लागि राष्ट्रिय अभियानमा जुटौं । देश बचाउँ ।

प्रतिक्रिया