सुन तोलाको ३ लाख १६ हजार ७ सय


काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलमा ३३ सय रुपैयाँले बढेर ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । महासंघले चाँदीको मूल्य प्रतितोला १३० रुपैयाँले बढाएर ४ हजार ९८५ रुपैयाँ निर्धारण गरेको छ ।