काठमाडौँ । नेपाल ‘ए’ पुरुष राष्ट्रिय क्रिकेट टोलीले आज अष्ट्रेलियाको टप एन्ड टी–२० सिरिजमा पहिलो खेल खेल्दैछ । नेपालले पहिलो खेलमा घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकको सामना गर्न लागेको हो । खेल आज दिउँसो २ः१५ बजेदेखि डार्विनस्थित मरारा क्रिकेट मैदानमा सुरु हुनेछ ।
नेपाल दोस्रोपटक टप एन्ड टी–२० सिरिज खेल्न लागेको हो । गत संस्करणमा नेपालको सिनियर टोलीले यस प्रतियोगितामा सहभागिता जनाएको थियो ।
जहाँ नेपालले लिग चरणको छमध्ये चारमा हार तथा दुई खेलमा मात्र जित निकालेको थियो । यसपटक नेपाल ‘ए’ टोलीले उत्कृष्ट प्रदर्शन गर्दै अर्को चरण पुग्ने लक्ष्य लिएको छ । सोही कारण नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिनियर टोलीका केही महत्त्वपूर्ण खेलाडीलाई अष्ट्रेलिया पठाएको छ ।

प्रतिक्रिया