काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुलभ खरेलले प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा निर्वाचनको विषय उठाएपछि रोकेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद खरेलले आकस्मिक समयमा बोल्ने समय मागेका थिए ।
उनले रास्वपाले स्थानीय तह र प्रदेश सभाको चुनावलाई लक्षित गरेर क्यान्डिडेट क्लब सुरु गरेको विषय भन्दै यसका लागि पार्टीलाई धन्यवाद दिए ।
उनले भने, ‘आजको दिनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले क्यान्डिडेट क्लब खुलाउँदै छ र देशभरबाट योग्य, विज्ञ ऊर्जाशील युवाहरूलाई अबको दिनमा हुँदै गरेको स्थानीय तहको चुनाव, प्रदेशको चुनावमा उम्मेदवारीको छनोट र मनोनयनलाई भनेर आफ्नो क्यान्डिडेट क्लब खुलाउँदै छ त्यसको लागि म पार्टीलाई धन्यवाद दिन चाहन्छु ।’ तर खरेलले पार्टीको कुरा गरेपछि सभामुख अर्यालले रोकेका छन् ।

प्रतिक्रिया