काठमाडौं । आर्सनलले कम्युनिटी शिल्डको उपाधि जितेको छ । आइतबार कार्डिफको मिलिनियम रंगशालामा भएको खेलमा म्यानचेस्टर सिटीविरुद्ध ३–० को सहज जित निकाल्दै आर्सनलले उपाधि जितेको हो ।
आर्सनलका लागि रिकार्डो क्यालिफिओरी, काइ हाभट्र्ज र मार्टिन ओडेगार्डले गोल गरे । खेलको पहिलो मिनेटमै क्लिफिओरीको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो ।
२८औँ मिनेटमा हाभट्र्जले टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफको सुरुआतमै ओडेगार्डले आर्सनलका लागि तेस्रो गोल गरे । आर्सनलले १८औँ पटक कम्युनिटी शिल्डको उपाधि जितेको हो ।

प्रतिक्रिया