सुन तोलामा ३६ सयले बढ्यो


काठमाडौँ । नेपालली बजारमा आइतबार सुनको मूल्य तोलामा तीन हजार ६०० र चाँदी ५० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल एक तोला सुनको मूल्य तीन लाख पाँच हजार २०० कायम भएको छ । शुक्रबार एक तोला सुन तीन लाख एक हजार ६०० मा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला रु चार हजार ७१० कायम भएको छ । शुक्रबार एक तोला चाँदी रु चार हजार ६६० मा कारोबार भएको थियो ।