-ऋषि कट्टेल ।
भाद्र २४ जेनजीको नाममा घर डढाएर कुटाइ खाएका र गगन थापाहरुले पार्टीबाट विस्थापन गरेर भगाएका शेरबहादुर देउवा स्वदेश फर्केका छन् । अदालतले पुनरावलोकनको आदेश दिएपछि गगन विरोधी पक्ष निकै उत्साही भएर देउवालाई नै कांग्रेसको सभापति घोषणा गरेको छ । पूर्णबहादुर खड्काले कावा सभापतिको रुपमा वैठकहरु मात्र नबोलाएका हैनन् कावाको हैसियतबाट नै पछि हटेका थिए । अब देउवाले पार्टी वैठक बोलाउने र मंसिरसम्ममा माहाधिवेशनको मिति तोक्ने संभावना छ । यो पक्षले शशांक कोइरालालाई सभापतिको उम्मेदवार घोषणा गरिसकेको छ । यदि गगन-विश्वहरु देउवा योजनामा सम्झौतामा आएनन् भने उनीहरु पार्टीबाट निस्कासित हुनेछन् ।
जहाँसम्म गगनहरुको वैधानिकताको प्रश्न छ यो कुनै कोणवाट पनि न्यायोचित छैन । यो केवल भाद्र २४ को प्रायोजकहरुको धम्की र आदेशको तामेली मात्र हो । दल दर्ता, आधिकारिक हस्ताक्षर, चुनाव चिन्ह, समानुपातिकको सूची समेत बुझाइसकेको दलको चुनावअघि आधिकारिकताको प्रश्नको निरुपणको सुनुवाइ नै हुँदैन । निर्वाचन आयोगले प्रथमतः गगनहरुको माग दर्तानै गर्न हुदैनथ्यो । पत्र दर्ता गरिहाले पनि चुनाव अघि सुनुवाइको यो विषयनै थिएन । तर गगनहरु भाद्र २४ को सहउत्पादन भएकोले प्रायोजकहरुको आदेशमा मात्र यस्तो काम भएको हो । सुशीला सरकार र प्रतिनिधिसभा विघटनको वैधानिकताबारे सुनुवाइ गर्न नसक्ने नीरिह अदालतले पुनरावलोकनको आदेश दिनुले नै भाद्र २४ को प्रायोजक कमजोर वन्दै गएको संकेत गर्दछ ।
ओली–दाहालको मिलन, अदालतको पुनरावलोकन र देउवाको आगमन केवल संयोग मात्र हैन । योजनावद्ध कामको परिणति हो । यदि यी शक्तिहरु सम्झौतामा नआए यसले केवल गगनहरुलाई मात्र हैन बालेनहरुलाई समेत बढार्ने सम्भावना छ । यही बुझेरनै बालेनहरुले देउवाको स्वागत गरेको हुनुपर्दछ ।
गगनसँग रवि प्रकरण पनि जोडिएको छ । रविलाई मुद्दा लगाउने वातावरण वनाउने मुख्य नायक गगन नै हुन् । उनले संसदमा बोलेको रेकर्ड अद्यावधिक छँदैछ । रवि पक्ष पनि देउवासँग सम्बन्ध सुधारेर गगनलाई तह लगाउन चाहन्छ । यतिमात्र हैन देउवा पक्ष बलियो हुँदा बालेन पक्ष कमजोर हुने हुँदा रविहरु पनि देउवा भित्राउने खेलमा राम्रैसँग लागेको देखिन्छ । रुपमा जे देखिएपनि सारमा यी दृष्यहरु इण्डो-अमेरिकी प्रतिस्पर्धाको परिणति हुन् ।

प्रतिक्रिया