सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा भट्टको दाबी पेस


सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्टले दाबी पेस गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता भट्टले नेकपा (एमाले) को समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । सरकार बनाउन २७ सांसद आवश्यक रहेकोमा नेपकासँग निलम्बितबाहेक २० र एमालेसँग ११ छन् ।

मुख्यमन्त्रीबाट कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आज बिहान ११ बजेसम्मको समय दिएका थिए । तोकिएको समयभित्रै एमालेको समर्थनसहित भट्टले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।