काठमाडौँ । विशेष अदालतले हिमालयन रि-इन्स्योरेन्स कम्पनीका सञ्चालक रोहित गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले आज गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको विशेष अदालतका सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्। व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसँगै भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणको कसुरमा प्रतिवादी बनाइएका गुप्ता आज विशेष अदालतमा उपस्थित भएका थिए ।
गुप्ताले गैरकानुनी रूपमा आफ्नो टिएमएस खाता ब्रोकर नम्बर ५५ मा नरहँदा नरहँदै ५२ करोड ५० लाख सेयर बजारमा लगानी गर्न भनी उपलब्ध गराएको र हिमालयन रि-इन्स्योरेन्स कम्पनीबाट दुई अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० सो ब्रोकर कम्पनीमा पठाई उक्त ब्रोकर कम्पनीबाट दीपक भट्टलगायतका नाममा सेयर खरिद गर्ने गराउने कार्य गरेको आरोप थियो । अदालतले यसअघि नै दीपक भट्ट, सुलभ अग्रवाल र शंकर अग्रवाललाई थुनामा पठाउने आदेश दिएको छ ।

प्रतिक्रिया