जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ


काठमाडौँ । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरको कुसुन्तीस्थित निवासबाट बुधबार साँझ प्रहरीले पत्रकार  श्रेष्ठलाई  पक्राउ  गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले श्रेष्ठलाई पक्राउ गरेको जानकारी दिए ।

श्रेष्ठ जनआस्था साप्ताहिकका सम्पादक हुन् । उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा उनीविरूद्ध वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा जाहेरी दर्ता भएको थियो ।