काठमाडौँ । टर्कीले प्रधानमन्त्री बालेन साहलाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१) मा भाग लिन निम्ता पठाएको छ ।
बुधबार बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले कोप–३१ मा सहभागी हुन प्रधानमन्त्रीलाई निमन्त्रणा आएको जानकारी दिएका हुन् ।
कोपमा सहभागी हुन प्रधानमन्त्री साहलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले निमन्त्रणा पठाएका हुन् । परराष्ट्र मन्त्रालयमा प्राप्त निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेको ढकालको भनाइ छ ।
निमन्त्रणा प्राप्त भएपनि कुन तहको सहभागिता हुने भन्नेबारे जानकारी प्राप्त भइनसकेको परराष्ट्र मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया