शेयर बजारमा ४ अर्ब भन्दाबढीको कारोबार


काठमाडौँ । मंगलबार शेयर बजार नेप्सेमा झिनो सुधार देखिएको छ । मंगलबार नेप्से ०.७९ अंकले वृद्धि भएको हो । आज ३४० वटा कम्पनीको ९५ लाख ३४ हजार कित्ता शेयर ४ अर्ब ११ करोड ९ लाख रुपैयाँमा किनबेच भएको छ ।

आज अपर लोहोरे खोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा महिला लघुवित्त वित्तीयमा नकारात्मक सर्किट लाग्यो । कारोबारमा आएकामध्ये १३३ वटा कम्पनीको मूल्य बढ्दा १२२ वटाको घट्यो ।

समूहगत कारोबार हेर्दा हाइड्रोपावर समूहको सबैभन्दा धेरै २ अर्ब ३८ करोडको कारोबार भयो । त्यस्तै वाणिज्य बैंकहरुको ३४ करोड, उत्पादन तथा प्रशोधन ३५ करोड, माइक्रोफाइनान्सको २९ करोड रुपैयाँ बराबरको कारोबार भयो ।