अर्थमन्त्री वाग्ले बुधबार तनहुँ जाने


काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले जिल्लाका विभिन्न स्थानमा स्थानीयवासीसँग भेटघाट तथा छलफल बुधबार तनहुँ जाने भएका छन् ।

त्यसक्रममा अर्थमन्त्रीले विभिन्न स्थानमा स्थानीयसँग भेट गर्नुकासाथै जिल्ला समन्वय समितिको कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।

बुधबार अपरान्ह ४ बजे आँबुखैरेनी उद्योग वाणिज्य हलमा स्थानीयहरूसँग भेटघाट तथा छलफल हुनेछ। त्यसपछि बेलुका ६ बजे बन्दीपुरस्थित रेड हाउस होटलमा स्थानीयहरूसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम तय गरिएको छ।

त्यस्तै, बिहीबार बिहान ११ः३० बजे व्यास नगरपालिकामा जिल्ला समन्वय समितिको कार्यक्रममा अर्थमन्त्री सहभागी हुनेछन् । दिउँसो २ः३० बजे दमौलीस्थित अतिथि गृहमा स्थानीयहरूसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको अर्थमन्त्रीका सचिव अनिल श्रेष्ठले जानकारी दिएका हुन्।