काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । मंगलबार सूचना जारी गरी कार्यालयले तीन वटा कम्पनीलाई कालोसूचीमा राखेको जानकारी दिएको हो ।
कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना जारी गर्दै उनीहरूलाई तोकिएको अवधिसम्म सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन नपाउने जनाएको छ । कार्यालयका अनुसार टोखा नगरपालिकाको कार्यालयको सिफारिसमा स्पेक्स नेपाल प्रा. लि., टोखा–८, काठमाडौंलाई मुख्य व्यक्ति प्रदीप केसीसहित एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।
त्यस्तै, सडक डिभिजन डोटीको सिफारिसमा जे.डि.एम.आर. विल्डर्स प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । त्यस्तै नेपाल विद्युत प्राधिकरणको सिफारिसमा भारतको हैदराबादस्थित एमएस श्रुस्थी कनटेक कम्पनीलाई ६ महिनाका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।


प्रतिक्रिया