काठमाडौँ । सोमबार शेयर बजार नेप्सेमा गिरावट आएको छ । सोमबार नेप्से ९.०२ अंकले घटेको हो । आज ३५२ वटा कम्पनीको १ करोड ९ लाख कित्ता शेयर ३ अर्ब ६७ करोड ४४ लाख रुपैयाँमा किनबेच भएको छ ।
आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर सर्वाधिक ८.४७ प्रतिशतले बढ्दा रिलायबल समृद्धि योजना–२ को सेयर ९.७० प्रतिशतले घट्यो ।
कारोबारमा आएकामध्ये ८२ वटा कम्पनीको मूल्य बढ्दा १७९ वटाको घट्यो । चारवटा समूहको उपसूचक सकारात्मक देखिदा बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिए ।

प्रतिक्रिया