सङ्खुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका–१ बुद्धचोकबाट खाना पकाउने एलपी ग्यास कालोबजारी गरेको आरोपमा प्रहरीले एक व्यवसायीलाई पक्राउ गरेको छ ।
सरकारले तोकेको मूल्यभन्दा बढीमा एलपी ग्यास बिक्री गरेको आरोपमा प्रहरीले खाँदबारी–१ स्थित बुद्धचोकबाट ‘भोजपुरे भाडा पसल’का लोकबहादुर श्रेष्ठलाई पक्राउ गरेकाे हाे ।
ग्यास अभावकाे बेला कालोबजारी गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालले बताए । श्रेष्ठले २३ साउनमा उपभोक्तालाई कायम बजार मूल्यभन्दा बढी प्रतिसिलिन्डर दुई हजार ३०० दरले बिक्री वितरण गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी निरीक्षक अर्यालले बताए ।
विशेष सूचनाका आधारमा प्रहरीले टोली खटाइ जाँच तथा अनुसन्धान गर्दा तोकिएको बजार मूल्यभन्दा बढी मूल्यमा ग्यास बिक्री वितरण गरेको पाइएको प्रहरीले जनाएको छ ।
श्रेष्ठलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध ऐनअन्तर्गतको कसुरमा पक्राउ गरी जिल्ला प्रशासन कार्यालयबाट तीन दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया