काठमाडौं । काभ्रेको भुम्लुस्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेर बेपत्ता भएका दम्पतीमध्ये पत्नीको शव फेला परेको छ ।
मण्डनदेउपुर नगरपालिका–७ की ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगाको हर्कपुरस्थित सुनकोशी किनारमा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक कविन राईका अनुसार तिलकुमारीको शव फेला परेको हो ।
तिलकुमारीलाई पिठ्यूँमा बोकेर दोलालघाटबाट नदीमा हेलिएका उनका श्रीमान् ६८ वर्षीय केदारनाथ पराजुलीको अवस्था भने अझै अज्ञात छ । पराजुली दम्पती गत बुधबार साँझ दोलालघाटबाट बेपत्ता भएका थिए । श्रीमानको भने खोजी भइरहेको प्रहरीले जनाएको छ ।
तिलकुमारी बोनम्यारो क्यान्सरबाट पीडित रहेको बताइएको छ । उनीहरू बेपत्ता भएदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले सुनकोशी नदी तथा आसपासका क्षेत्रमा खोजी गर्दै आएका थिए ।

प्रतिक्रिया