देशको अवस्था ठीक छैनः प्रचण्ड


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अझै पनि देशको राजनीति सहज नभएको बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले सरकारले जन चाहनाअनुसार काम हुन नसकेको बताएका हुन् ।

सरकारले काम गर्न नसक्दा जनतामा निराश बढ्दै गएको भन्दै उनले देशको राजनीति सहज भइनसकेको बताए । उनले भने, ‘जनता झन झस्किए जस्तो देखिन्छ ।

‘बेथिति र अराजकताको जिम्मेवारी राजनीतिक नेतृत्वले लिनुपर्छ।’ उनले जनताले गत निर्वाचनमा दिएको मतलाई सरकारले न्याय गर्न नसकेको बताए ।

उनले भने, ‘देशको अवस्था ठीक छैन । गत निर्वाचनमा जे भनेर हामी सहभागी भयौँ । निर्वाचनमा जे जसरी जनताले अभिमत प्रकट गरे । सरकारका क्रियाकलापले जनताका अपेक्षालाई सन्तुष्ट पार्न सकेको छैन । दिनदिनै असहज बनाएको चिन्ता बढाएको छ ।’