महोत्तरी । प्रहरीले महोत्तरीको बर्दिवासबाट ठूलो परिमाणको गाँजासहित एक जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिवासले महोत्तरीको बर्दिवास नगरपालिका–३ बाट ४५४ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सिन्धुलीको भिमानबाट महोत्तरीतर्फ जाँदै गरेको मिनी ट्रकको छतमा फल्सबटम बनाएर लुकाइएको अवस्थामा ४५४ किलो गाँजा बरामद गरिएको हो । प्रहरीले चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया