काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । बैठकमा प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ हुँदैछ ।
प्रमुख आयुक्तमा प्रस्तावित मानबहादुर कार्की, प्रस्तावित आयुक्तद्वय गुरुप्रसाद वाग्ले र राजीब सुब्बाको सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो ।
संवैधानिक परिषद्को गत असार १९ गतेको बैठकले कार्कीलाई प्रमुख आयुक्त, वाग्ले र सुब्बालाई आयुक्तमा नियुक्ति सिफारिस गरेको हो ।
यसअघि साउन ५ गते बसेको समितिको बैठकले प्रस्तावित दुई जना आयुक्तहरुलाई साउन १२ गते र प्रस्तावित प्रमुख आयुक्तलाई १३ गते प्रस्तुतीकरणका लागि बोलाउने निर्णय गरेको थियो ।
सुनुवाइ समितिका सभापति श्रेष्ठका अनुसार सुनुवाइ सुरु हुनुअघि प्रस्तावित आयुक्त र प्रमुख आयुक्तहरुमाथि परेका उजुरीहरु र कार्ययोजनाको अध्ययन गरिने छ । संसदीय सुनुवाइ समितिले सुनुवाइ गरेपछि प्रमुख आयुक्त र आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।

प्रतिक्रिया