वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित आँप बगैचाबाट प्रहरीले १४० किलो लागूऔषध गाँजा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बल (बीओपी) मिर्जापुरको संयुक्त टोलीले शुक्रबार राति करिब ९ः३० बजे उक्त स्थानमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा बगैचाको घाँसमा लुकाइछिपाइ राखिएको १३ पोकाभित्र रहेको १४० किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजा नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया