काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र हुने आलोचनामा अल्झिनुभन्दा बीपी कोइरालाको विचार, संस्कार र आदर्शलाई २१औँ शताब्दीका युवाको भावनासँग जोडेर समुन्नतिको यात्रामा अघि बढ्नुपर्ने बताएका छन् ।
बिहीबार नेपाली कांग्रेसद्वारा आयोजित ‘जरा अभियान’ समापन तथा नयाँ अभियान घोषणा समारोहलाई सम्बोधन गर्दै शर्माले पार्टीभित्रको आलोचनाप्रति संकेत गर्दै त्यसमा केन्द्रित हुँदा गन्तव्यमा पुग्न नसकिने बताएका हुन् ।
बुधबार इतर पक्षले बिपी कोइरालाको स्मृति दिवसको अवसरमा कार्यक्रम राखेर पार्टी नेतृत्वको चर्को आलोचन गरेको थियो । बीपीको सिद्धान्त अनुसार अगाडि बढ्नका लागि गगन थापा नेतृत्वको सिङ्गो टिम नयाँ ढङ्ग, नयाँ सोच र नयाँ सङ्कल्पका साथ लाग्न प्रतिबद्ध रहेको उनको भनाइ थियो । उनले कसैको आलोचना गरेर वा ढुङ्गा हानेर आफ्नो गन्तव्यमा पुग्न नसकिने बताए ।
उनले कांग्रेसका लागि सधैँ राजनीति मात्र नभई बालश्रम उन्मूलन गर्ने र हजारौँ शिक्षक उत्पादन गर्ने जस्ता दूरगामी सामाजिक विषयहरू मुख्य प्राथमिकतामा हुनुपर्ने बताए ।
उनले बीपीको सिद्धान्त अनुसार अगाडि बढ्नका लागि गगन थापा नेतृत्वको सिङ्गो टिम नयाँ ढङ्ग, नयाँ सोच र नयाँ सङ्कल्पका साथ लाग्न प्रतिबद्ध रहेको बताए । देश तथा विदेशमा रहेका सबैलाई नयाँ राजनीतिक र सामाजिक यात्रामा साथ दिन उनले आह्वान गरे ।

प्रतिक्रिया