काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
मंगलबार दुई नेताबीच भेटवार्ता भएको हो । भेटमा वामपन्थी शक्तिबीच सहकार्यका विषयमा छलफल भएको छ । भेटपछि प्रचण्डले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन् । ओलीसँगको भेटपछि मंगलबार साँझ जनकपुरधाम पुगेका प्रचण्डले आफ्नो पार्टी र नेकपा (एमाले)सँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको जानकारी दिएका छन् ।
दुई नेताबीचको भेटपछि एमाले नेता महेश बस्नेतले भनेका छन्, ‘यो सहकार्य प्रदेश सरकार निर्माणमा मात्र सीमित नभई मुलुकको हित, राजनीतिक स्थायित्व र कम्युनिस्ट शक्तिहरूबीचको सहकार्यका लागि सकारात्मक पाइला बन्न सकोस् । वाम शक्तिहरूबीचको सहकार्यले देशलाई स्थायित्व र समृद्धिको दिशामा अघि बढाउने अपेक्षा।’
यता नेकपाका नेता प्रकाश ज्वालाले ओलीसँगको भेटमा प्रचण्डले संविधान र व्यवस्था जोगाउन पनि प्रदेशहरूमा सर्वदलीय सरकार बनाउन उचित हुने तर्क गरेको जानकारी दिए ।

प्रतिक्रिया