काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत आठौँ त्रिकोणात्मक शृङ्खलामा नेपाल नामिबियासँग पराजित भएको छ । नेदरल्यान्ड्सको युट्रेच्टमा मंगलबार भएको खेलमा नेपाल नामिबियासँग आठ विकेटले पराजित भएको हो । नेपालले प्रस्तुत गरेको १५८ रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले ३७ दशमलव चार ओभरमा दुई विकेट गुमाएर पुरा गर्यो ।
नामिबियाको जितमा जान फ्राइलिन्कले सर्वाधिक ७८ रनको योगदान दिए । उनले ८९ बलमा आठ चौका र एक छक्कासहित सर्वाधिक ७८ रनको दिएका हुन ।
त्यस्तै, ओपनर माइकल भान लिङ्गेनले ५१ रन बनाए । उनले ७९ बलमा चार चौकासहित ५१ रन बनाएका हुन । निकोल लोफ्टी इटन १७ रनमा अविजित रहे ।
बलिङतर्फ नेपालका नन्दन यादव र रोहित पौडेलले समान एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १५७ रनको योगफल बनाएको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ६० बलमा सर्वाधिक ३१ रनको योगदान दिएका थिए । त्यस्तै, उप–कप्तान दीपेन्द्रसिंह ऐरिले ३० रनको बनाउँदा गुल्सन झाले २० रन जोडे । त्यसैगरी, करण केसीले १८, आसिफ शेखले १६ तथा सोमपाल कामीले १५ रन बनाए ।
नामिबियाका लागि जेजे स्मिथले सर्वाधिक ६ विकेट लिए भने ज्याक ब्रासेल र बर्नाड शोल्ट्जले समान दुई–दुई विकेट लिए । अब नेपालले यही साउन ७ गते नेदरल्यान्ड्ससँग खेल्नेछ ।

प्रतिक्रिया