काठमाडौँ । बिहीबार शेयर बजार नेप्से ७ दशमलव ५० अङ्कले बढेको छ । आज फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत् र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको उपसूचक बढेकोमा माइक्रोफाइनान्स, म्युचल फन्ड र निर्जीवन बीमा समूह १ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
आज १२० वटा कम्पनीको शेयर बढेकोमा १५२ वटाको घटेको छ । यस्तै दोल्ती पावर, जीवन विकास लघुवित्त र तेह्रथुम पावरको शेयर भने घटबढ भएको छैन ।
आज एनआईबीएल ग्रोथ फन्डको शेयर १५ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयर ८ दशमलव ७७ प्रतिशतले घटेको छ । आज ३७१ वटा कम्पनीको ९४ लाख ६९ हजार कित्ता शेयर ४ अर्ब ५६ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया