काठमाडौँ । स्वास्थ्य मन्त्रालयले लामो समयदेखि स्वीकृतिबिना कार्यालयमा अनुपस्थित स्वास्थ्य सेवाका २३ जना कर्मचारीलाई स्पष्टीकरण सोधेको छ ।
मन्त्रालयले बिहीबार सूचना जारी गरी बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेका डाक्टर, नर्स र ल्याब टेक्निसियनहरुको नामावली सार्वजनिक गरेको हो । उनीहरुलाई १५ दिनभित्र सफाइ पेश गर्न भनिएको छ ।
सूचनामा भनिएको छ, ‘विभागीय सजाय नगर्नुपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र आफ्नो सफाइ पेश गर्नुहुन सम्बन्धित कर्मचारीहरुलाई यसै सूचनाद्वारा जानकारी गराइएको छ ।’
उनीहरू वीर अस्पताल, कान्ति बाल अस्पताल, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र आयुर्वेद चिकित्सालय नरदेवीमा कार्यरत थिए।


प्रतिक्रिया