काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसाद रिमा विश्वकर्माले नीति सुधारको दौडमा दौडिरहेको सरकारले हतार गरेको टिप्पणी गरेकी छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद विश्वकर्माले गणेश नेपालीहरुले आत्मदाह गरेको घटनातर्फ लक्षित गर्दै यस्तो बताएकी हुन् ।
उनले भनिन्,‘नीति सुधारमा रहेको हाम्रो सरकारले कतै हतार गरिरहेको छैन ? अनि जसका लागि नीति बनाउँदै छौँ कतै उनीहरु त्यसैको मारमा त परिरहेका छैनन् ? के साँचै नागरिकले न्याय पाउन, आफ्नो आवाज सुनाउन आत्मघाती कदम चाल्नुपर्ने अवस्था आएको हो ? एक्सप्रेसवेमा तीव्र गतिमा अघि बढिरहेको सरकारलाई म एउटा ट्रक साहित्य सम्झाउन चाहन्छु–हतार गरे भन्न सकिन्न, विस्तारै गए अवश्य पुगिन्छ । सुशासनलाई प्राथमिकतामा राखेको सरकारले अब नागरिकको मानसिक स्वास्थ्यलाई पनि प्राथमिक एजेण्डामा राख्न जरुरी छ ।’

प्रतिक्रिया