राहदानी विभाग अगाडि एक व्यक्तिद्वारा आत्मदाह प्रयास


काठमाडौ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक व्यक्तिले आत्मदाह प्रयास गरेका छन् । बिहीबार दिउँसो विभागको गेटअगाडि एक पुरुषले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका प्रहरीले जनाएको छ ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले शरीरमा आगो लागेर घाइते भएका उनलाई उपचारका लागि वीर अस्पताल लगिएको जानकारी दिए । आत्मदाहको प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छैन ।