निगम संचालक समिति सदस्यमा पूर्वजर्नेल बास्तोला पुनः नियुक्त


काठमाडौँ । नेपाली सेनाका अवकाशप्राप्त उपरथी तथा वरिष्ठ एरोनटिकल इन्जिनियर एवं डा. दीपकप्रसाद बास्तोलाले सर्वोच्च अदालतको परमादेशपछि पुनः नेपाल वायुसेवा निगमको सञ्चालक समितिको सदस्यमा नियुक्त भएका छन् ।

यसअघि वैशाख ३१ को नियुक्तिविरुद्ध रिट परेपछि अदालतले मेरिटका आधारमा मात्र नियुक्ति गर्न आदेश दिएको थियो । तर पछि असार १६ गते आफू पुनः बोर्ड सदस्यमा नियुक्त भएको बास्तोलाले बताएका छन् ।

यस्तो छ बास्तोलाको भनाई
नेपाल वायुसेवा निगमको बोर्ड अफ डाइरेक्टरमा मेरिटको आधारमा पुनः नियुक्तिः
नेपाल वायुसेवा निगमको लागि मेरिटमा छनोट भई २०८३ वैशाखख ३१ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार बोर्ड अफ डाइरेक्टरमा नियुक्ति भएकोमा यसबारे थप छानबिन गरेर मेरिटमा मात्र निर्णय गरिपाऊँ भनेर परिक्षामा सहभागी हनुभएका एक उमेदवारबाट सम्मानित सर्वोच्च अदालतमा रिट परेकोमा सम्मानित सर्वोच्च अदालतबाट रिट जारीगरि पमादेश समेत जारी भएर मेरिटमा मात्र नियुक्ति गर्नु भन्ने परमादेश जारी भएकोमा म शुरु देखिनै मेरिटमा भएकोले नेपाल वायुसेवाको वोर्ड अफ डाइरेक्टरमा २०८३ असार १६ गते पुनः नियुक्ति भएको छु। नेपालमा विधिको शासनको लागि न्यायालयको परमादेशको साथै नेपाल सरकारको यो निर्णयको उच्च सम्मान गर्दछु।

सर्वोच्चको परमादेश आउनु अगाडि पुर्व सैनिकमात्र भएर वर्तमान सरकारको रोजाइमा परेर नियुक्ति भएको भनि मेरो पेशागत दक्षता, इमान्दारिता, देशको सेवामा मेरो समर्पण र सबै हामी नेपालीहरु प्रतिको मेरो निष्ठामा प्रश्नगरि विभिन्न संचार माध्यममा मेरो सैनिक पोशाकको फोटो राखी मेलै लामो सेवा गरेको गौरवमय इतिहास भएको हामी सबैको आशाको केन्द्रबिन्दु नेपाली सेनालाई समेत जोडेर मेरो हौसलामा कमि ल्याउन गरेको प्रचार प्रसारहरु अहिले आएर सबै एक पटक झुटको खेती मात्र रहेछ भन्ने सावित भएको प्रष्ट देखिन्छ। अब झुटको खेती गर्ने, सत्यकुरा लुकाउने र गलत प्रचारगर्ने कुराहरु छोटो समयको लागि गरिने भ्रमहरु मात्र हो भन्ने कुरापनि यसबाट प्रष्ट भएको छ।
सम्मानित सर्वोच्च अदालतको परमादेश र नेपाल सरकारको निर्णयबाट म एक साधारण नागरिक जुन हिजो पनि नेपाल वायुसेवा निगमको बोर्ड अफ डाइरेक्टरमा नेपाल सरकारबाट मेरिटमा नियुक्ति भएको थिए र अहिले पनि पुनः अदालतको परमादेशबाट मेरिटमा नै नियुक्ति भएको सबैमा अवगत गराउन चाहान्छु।

अवकाशप्राप्त सैनिक पनि सर्वसाधारण नागरिक हौं र पुर्व सैनिक हरुको ज्ञान र चुनौतीपूर्ण कामहरु समाधान गरि हल गर्न सक्ने क्षमताले गर्दा मेरिटमा पर्ने योग्यता र दक्षता दुबै झन बढी हुन्छ भन्ने म ठान्दछु।जहाँ जसरी परिक्षा लिए पनि दक्षता, शैक्षिक योग्यता र मेहनत गर्न रुचाउने जोकोही नेपाली नागरिकहरु मेरिटमा पर्न सकिन्छ। विश्वमा भएका एरोनटिकल इन्जिनियरहरु मध्येमा म पनि नेपालबाट एक उत्कृष्ट योग्यता भएको एरोनटिकल इन्जिनियर भएर अन्तराष्ट्रिय नागरिक उड्डयन संस्थाको हवाई सुरक्षा विज्ञको रुपमा छनोट भई क्ष्ऋब्इ को हवाई सुरक्षा विज्ञ भएर हवाई सुरक्षामा योगदान दिइरहेको पनि सहर्ष अवगत गराउन चाहान्छु।अन्तराष्ट्रिय नागरिक उड्डयन संस्था (क्ष्ऋब्इ) मार्फत १९३ देशको हवाई सुरक्षामा योगदान दिन सक्ने मैले हाम्रो देशको ध्वजाबाहक नेपाल वायुसेवा निगमको बिग्रेको हालको आर्थिक अवस्थामा सुधारगरि एक भरपर्दो वायुसेवा बनाउन योगदान गर्न सकिन्छ भन्ने लागेर नै म नेपाल वायुसेवा निगममा कामगर्ने अठोट गरेको थिए, छु र भविष्यमा पनि राम्रा कामहरु गर्न उच्च मोरालको साथ लागि रहने छु।सबैको सामुहिक योगदानबाट सबै समस्याहरूको समाधान गर्न सकिन्छ भन्ने मेरो आत्म विश्वास रहेको छ। लामो हवाई क्षेत्रको ज्ञान, अनुभवको साथै गरिमामय नेपाली सेनामा मैले विगतमा गरेको लामो सैनिक सेवाको अवधिमा सिकेको अनुशासनको जगमा मैले नेपाल वायुसेवा निगमको सुधारको लागि भविष्यमा गर्ने कामहरुको आधारमा मुल्याङ्कन गरेर गरिने प्रसंशाहरु, आलोचनाहरु र सुझावहरुको लागि म यहाँहरु बाट सधै अपेक्षा पनि गर्दछु।