काठमाडौँ । मंगलबार शेयर बजार नेप्से दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से २४.५७ अंकले बढेको हो । नेप्से बढेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा आज वृद्धि भएको छ । आज ३५२ वटा कम्पनीको ९५ लाख १९ हजार कित्ता शेयर ४ अर्ब ४० करोड रुपैयाँमा कारोबार भएका छ ।
आज खालंगा हाइड्रो पावरको सेयर सर्वाधिक १४.९९ प्रतिशतले बढ्यो। आरबीबीएस फोकस ४० को सेयर १३.८५ प्रतिशतले बढ्दा सानीगाढ हाइड्रोको सेयर १०.५७ प्रतिशतले बढ्यो। कारोबारमा आएकामध्ये २१० वटा कम्पनीको मूल्य बढ्दा ५७ वटाको घट्यो।

प्रतिक्रिया