कैलालीमा थुनुवा फरार घटनाको छानबिन गर्न समिति गठन


धनगढी । इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतबाट लागूऔषध मुद्दाका थुनुवा फरार भएको घटनामा छानबिन गर्न समिति गठन गरिएको छ । घटनाको छानबिनका लागि डिएसपी योगेन्द्र तिमिल्सिनाको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइएको हो ।

आइतबार राति लागूऔषध मुद्दामा पक्राउ परेका थुनुवा संजय नगार्जी हिरासतबाट फरार भएका थिए। उक्त घटनापछि ड्युटीमा रहेका प्रहरी जवान लली भण्डारीलाई निलम्बन गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार फरार थुनुवा संजय नगार्जीको खोजी कार्य तीव्र पारिएको छ भने छानबिन समितिले घटनामा लापरबाही वा कमजोरी भए–नभएको विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ ।