काठमाडौँ । लागूऔषध नियन्त्रण ब्यूरोको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शाखाले थाइल्यान्डबाट नेपाल हुँदै भारत लैजान लागिएको २ केजी ८०० ग्राम थाई गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
ब्यूरोका अनुसार थाई एयरवेजको उडान नम्बर टीजी–३०९ मार्फत बैंककबाट काठमाडौं आएका भारतको पश्चिम बंगालस्थित कोलकाताका ५७ वर्षीय हरी क्षेत्रीलाई विमानस्थलमा गरिएको लगेज जाँचका क्रममा पक्राउ गरिएको हो।
प्रहरीले उनको लगेजभित्र चकलेटको प्याकेटमा लुकाइछिपाइ ल्याइएको २ केजी ८०० ग्राम थाई गाँजा बरामद गरेको जनाएको छ।
प्रारम्भिक अनुसन्धानबाट उक्त गाँजा थाइल्यान्डबाट नेपाल हुँदै भारतको कोलकाता लैजान खोजिएको खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया