तोलामा ४ सयले घट्यो सुन


काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा ४०० रुपैयाँ र चाँदी १० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला रु दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ६०५ कायम भएको छ ।

गत शुक्रबार छापावाल सुुन प्रतितोला रु दुई लाख  ९० हजार ७०० र त्यति नै परिमाणको सेतो धातु रु चार हजार ६१५ मा कारोबार भएको थियो । गत बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको चाँदीको रु चार हजार ४५० मा किनबेच भएको थियो ।