कैलाली । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएपछि कारागारबाट फरार भएका प्रतिवादी २१ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–१ बनगाउँ निवासी अन्दाजी ४५ वर्षीय धनबहादुर घर्ती मगर रहेका छन्। उनलाई आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कैलाली जिल्ला अदालतले २०५६ चैत १३ गते कर्तव्य ज्यान मुद्दामा घर्ती मगरलाई २० वर्ष कैद सजाय सुनाएको थियो। सजाय भुक्तानका क्रममा रहेका उनी २०६१ माघ २७ गते कैलाली कारागारबाट फरार भएका थिए ।
फरार रहेको लामो समयपछि पक्राउ परेका घर्ती मगरलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैलाली जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया