एमाले उपाध्यक्ष पौडेलमाथि अनुसन्धानका लागि ६ दिन म्याद थप


काठमाडौं । अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप ६ दिन थुनामा राख्न अनुमति दिएको छ । बिहीबार विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले थप ६ दिन थुनामा राख्न म्याद थप गरेको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ परेका पौडेललाई तेस्रोपटक म्याद थप गरिएको हो । पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो ।