पाकिस्तानमा पर्यटक बोकेको डुङ्गा डुब्दा सात जनाको मृत्यु, एक बेपत्ता


पाकिस्तान पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको सैफुल्ला तालमा पर्यटक बोकेको डुङ्गा डुब्दा सात जनाको मृत्यु हुनुका साथै एक जना व्यक्ति बेपत्ता भएका प्रहरीले जनाएको छ ।

एउटै परिवारका आठ जना सदस्य बोकेको डुङ्गा स्वात जिल्लाको सुन्दर कलाम क्षेत्रमा पल्टिएर डुबानमा पर्दा दुर्घटना भएको जिल्ला प्रहरी अधिकारीलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् । सात जनाको शव बरामद गरिएको र बेत्ताको खोजी जारी राखेको जनाइएको छ ।