काठमाडौँ । फिफा विश्वकप फुटबलमा अमेरिका अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार बिहान भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनामाथि २–० गोलको सहज जित निकाल्दै अमेरिका अन्तिम १६ मा पुगेको हो । अमेरिकाको जितमा फोलारिन बालोगुन र मलिक टिलम्यानले गोल गरेका थिए ।
बालोगुनले ४५औँ र टिलम्यान ८२औँ मिनेटमा गोल गरेका थिए । बोस्निया एन्ड हर्जगोभिना गोलविहीन बन्यो । अमेरिकाले अब प्रि–क्वार्टरफाइनलमा बेल्जियमसँग खेल्नेछ ।

प्रतिक्रिया