कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड विश्वकप फुटबलको अन्तिम १६ मा


काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति अमेरिकाको एटलान्टा रंगशालामा भएको खेलमा डीआर कंगोलाई २–१ गोलले हराउँदै इङ्ग्ल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको हो । इङ्ग्ल्यान्डको जितमा कप्तान ह्यारी केन नायक बने ।

उनले १–० गोलले पछाडि परेको आफ्नो टोलीलाई अन्तिम समयमा दुई गोल गरेर विजयी गराए । केनले खेलको ७५ र ८६औँ मिनेटमा गोल गरेका थिए ।

त्यसअघि डीआर कंगोका ब्रायन सिपेन्गाले सातौँ मिनेटमा गोल गरेका थिए । अब इङ्ग्ल्यान्डले क्वार्टरफाइनलमा पुग्नका लागि आयोजक मेक्सिकोसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।