भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या दुई हजार पुग्यो, दश हजार भन्दा बढी घाइते


भेनेजुएला । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९४३ जना पुगेको पुष्टि गर्दै दश हजार ५०० जना भन्दा बढी घाइते भएको घोषणा गरेका छन् ।

प्रोड्रिगेजले अहिलेसम्म १५ हजार भन्दा बढी प्रभावित मानिसहरु दर्ता भएका र राहत तथा उद्धार कार्य सुरु भएदेखि छ हजार ४६१ जनालाई उद्धार गरिएको जानकारी दिए । उनका अनुसार भूकम्पमा परी हजारौ मानिसहरु अझै बेपत्ता रहेका छन् ।

संयुक्त राष्ट्र सङ्घको तथ्याङ्क अनुसार लगभग ५० हजार मानिसहरू अझै बेपत्ता छन् भने उनीहरुको खोजी तथा उद्धार कार्य जारी छ ।