समयमा काम नगर्ने नौ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा


काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ९ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।

अनुगमन कार्यालयले बुधवार सार्वजनिक सूचना जारी गरी ९ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको जनाएको हो । सार्वजनिक निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ।