पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा ३० रुपैयाँ मूल्य घट्यो


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले मंगलबार मध्यरातिदेखि लागू हुनेगरी मूल्य घटाएको हो । नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेलमा ३० रुपैयाँ, आन्तरिक हवाई इन्धनमा ४० रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ घटाइएको छ।