काठमाडौँ । सोमबार शेयर बजार नेप्से उच्च अंकले घटेको छ । सोमबार नेप्से१६.५४ अंकले घटेको हो । आज ३५१ वटा कम्पनीको ७६ लाख ९९ हजार २२७ कित्ता शेयर २ अर्ब ६७ करोडमा कारोबार भएको छ । कारोबारमा आएकामध्ये २९ वटा कम्पनीको मूल्य बढ्दा २४० वटाको घट्यो ।
नेप्से घटेपनि चारवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । टक्सार पिखुवा खोला हाइड्रोपावर,याम्बलिङ हाइड्रोपावर, स्नो रिभर्स र धौलागिरी लघुवित्त वित्तीय संस्थाो शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।
कारोबार रकमका आधारमा ग्लोबल आइएमइ बैंक शीर्षस्थानमा रह्यो। सो बैंकले ८ करोड ८३ लाख मूल्य बराबरको सेयर कारोबार गर्यो । आज ३ वटै समूहको उपसूचक नकारात्मक देखिएका छन् ।

प्रतिक्रिया