प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्लास्थित सडकमा भएको सवारी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगरको मृयु भएको छ ।
शनिबार स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेका उपमेयर राना मगरले चलाएको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी अनियन्त्रित भई करिब ५०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
राना मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया