एकदमै अनुभवी सचिव खोज्दै मन्त्री पुन


काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सामाजिक संजालमार्फत योग्य सचिवको खोजी गरेका छन् । कार्यकाल सकिएर यही असार १७ गते बुधवारदेखि सचिव अवकाश जाने भएपछि मन्त्री पुनले योग्य सचिवको खाजी गरेका हुन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सचिवज्यूको कार्यकाल सकिएर यही असार १७ गते बुधवारदेखि अवकाश लिँदै हुनुहुन्छ । त्यसैले यस मन्त्रालयलाई विज्ञान प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा काम गरेको एकदमै अनुभवी, कर्मठ र कार्य सम्पादन गर्न सक्ने सचिव चाहिएको छ । सो को लागि विभिन्न माध्यमबाट योग्य सचिवको खोजी हुँदैछ । यस कार्यमा सहयोगको अपेक्षा राख्दछु ।’