काठमाडौँ । फिफा विश्वकप फुटबलमा स्पेनले उरुग्वेलाई १ गोलले पराजित गर्दे समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ । यो खेलमा स्पेनका एलेक्स बाएनाको एक मात्र गोल निर्णायक भयो । उनले खेलको ४२औँ मिनेटमा गोल गरे । जितपछि स्पेन समूह ‘एच’मा ७ अंक जोडेर समूह विजेता बनेको छ ।
समूहमा दुई बराबरी र एक हारबाट उरुग्वे २ अंकसहित तेस्रो स्थानमा रह्यो । अर्को खेलमा केप भर्डे र साउदी अरबले गोलरहित बराबरी खेलेपछि केप भर्डे विश्वकप फुटबलको डेब्यूमै समूह चरणमा अपराजित रहेर अन्तिम ३२ मा प्रवेश गरेको छ । तीनै खेल बराबरी खेलेको केप भर्डेको ३ अंक छ । केप भर्डे यो समूहको उपविजेता बन्यो ।

प्रतिक्रिया