नेदरल्यान्ड्सद्वारा ट्युनिसिया पराजित


काठमाडौं । विश्वकपको समूह चरणको अन्तिम खेलमा ट्युनिसियालाई हराउँदै नेदरल्याण्ड्स समूह ’एफ’ को विजेता बनेको छ ।

नेदरल्याण्ड्सले ट्युनिसियालाई ३–१ ले पराजित गरेको हो । खेलको तेस्रो मिनेटमा ट्युनिसियाका एलिस स्किरीले आत्मघाती गोल गर्दा नेदरल्याण्ड्सले अग्रता लियो । सातौँ मिनेटमा ब्रायन बबीको गोलमा नेदरल्याण्ड्स २–० को स्थितिमा पुग्यो ।

ट्युनिसियाका हाजेम मस्त्यौरीले गोल फर्काएका थिए । ६३ औँ मिनेटमा नेदरल्याण्ड्सका जोन पाउल भानले गोल गरेपछि नतिजा ३–१ मा पुगेको हो । समूह चरणका खेलमा नेदरल्याण्ड्सले जापानसँग बराबरी खेल्दै १ र स्वीडेनसँग ५–१ अन्तरले विजयी हुँदै तीन अंक बटुलेको थियो ।

ट्युनिसियासँगको जितबाट तीन अंक प्राप्त गरेसँगै तालिकामा नेदरल्याण्ड्सको अंक सात पुगेको छ । समूह चरणका सबै खेलमा पराजित भएको ट्युनिसिया भने विश्वकपबाट बाहिरिन पुगेको छ ।