काठमाडौं । स्वीडेनसँग १–१ गोलको बराबरी खेल्दै जापान फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।
अमेरिकाको डलास स्टेडियममा समूह चरणको यस महत्त्वपूर्ण खेलबाट १ अंक जोड्दै जापानले अर्को चरणको यात्रा तय गरेको हो । जापानका लागि यो बराबरी खेल नै अर्को चरण पुग्न पर्याप्त रह्यो। खेलको ५६ औं मिनेटमा दाइजेन माएदाले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए ।
नकआउट चरणको यात्रा सुनिश्चित गर्न यो गोल जापानका लागि निकै महत्त्वपूर्ण साबित भयो । खेलको ६२ औं मिनेटमा स्वीडेनका एन्थोनी एलाङ्गाले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
त्यसपछि स्वीडेनले जितका लागि निकै प्रयास गरे पनि जापानी डिफेन्सले उसलाई रोकेर राख्यो पराजित स्वीडेनले पनि ४ अंकका साथ अन्तिम ३२ मा स्थान बनाएको छ।

प्रतिक्रिया