काठमाडौँ । बिहीबार पनि शेयर बजार नेप्से ओरालो लागेको छ । बिहीबार नेप्से ८.५० अंकले घटेको हो । बुधबार नेप्से १४.४५ अंकले घटेको थियो । नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ ।
आज ३३८ वटा कम्पनीको ६४ लाख ८० हजार ५९९ कित्ता शेयर दुई अर्ब ८३ करोड रुपैयाँमा किनबेच भएको छ । आज ८३ वटा कम्पनीको मूल्य बढ्दा १७२ वटाको घट्यो ।
टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बलिङ हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो भने भुजुङ्ग हाइड्रोपावरका लगानीकर्ताले भने सर्वाधिक गुमाए।

प्रतिक्रिया