काठमाडौं । दक्षिण अफ्रिका पहिलोपटक फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘ए’ अन्तर्गतको अन्तिम खेलमा दक्षिण कोरियालाई १–० ले पराजित गर्दै दक्षिण अफ्रिका नकआउट चरणमा प्रवेश गरेको हो ।
दक्षिण अफ्रिकाको जितमा थापेलो मासेकोले ६३ औं मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बन्न पुग्यो ।
चौँथो पटक विश्वकप खेलेको दक्षिण अफ्रिका पहिलोपटक समूह चरण पार गरेको हो । सन् १९९८, २००२ र २०१० मा विश्वकप खेलेको दक्षिण अफ्रिकाले समूह चरण पार गर्न सकेको थिएन ।

प्रतिक्रिया