काठमाडौँ । फिफा विश्वकप फुटबलअन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले स्कटल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरणमा पुगेको छ ।
आज बिहान भएको खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३–० ले हराएको हो । अमेरिकाको मियामी स्टेडियममा खेलको सातौँ मिनेटमै भिन्सियस जुनियरले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।
पहिलो हाफको अतिरिक्त समयमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई २–० को बलियो अवस्थामा पुर्याए । दोस्रो हाफमा पनि ब्राजिलले आफ्नो दबाब कायम राख्यो ।
खेलको ६०औँ मिनेटमा म्याथियस क्यूनाले गोल गर्दै टोलीको अग्रता ३–० पुर्याए । खेलको ७७ औँ मिनेटमा ब्राजिलका स्ट्राइकर नेइमार मैदान प्रवेश गरे पनि गोल भने गर्न सकेनन् । पराजित भएसँगै स्कटल्यान्ड विश्वकपबाट बाहिरिएको छ ।

प्रतिक्रिया